अमेरिका र बेलायतले हासचालै एक तेल ट्यांकरमा भएको हमलालाई लिएर इरानलाई जिम्मेवार ठहराएका छन् ।
बिहीबार इजरायली कम्पनीबाट सञ्चालन भएको तेलको ट्यांकरमाथि हमला हुँदा एक बेलायती र एक रोमानियाको नागरिकको मृत्यु भएको थियो ।
यही घटनालाई लिएर दुवै देशले इरानको हात रहेको आरोप लगाएका छन् । दुवै देशले अन्तर्राष्ट्रिय कानुन उल्लंघन गरेको भन्दै यसको जवाफ दिनुपर्नेमा जाेड दिएका छन्।
इजरायलका प्रधानमन्त्री नेफ्टाली बेनेटले पनि यस हमलामा इरानको हात भएको बताएका थिए । यद्यपि इरानले यी सबै आरोपलाई अस्वीकार गर्दै आएकाे छ ।
मार्च महिनादेखि लिएर अहिलेसम्म इजरायल र इरान हुँदै चल्ने तेलको ट्यांकरमा धेरै पटक आक्रमण भइसकेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।