स्वास्थ्य राज्यमन्त्री श्रेष्ठले राज्यबाट सेवा-सुविधा नलिने

स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले सेवा-सुविधा नलिने घोषणा गरेका छन् । सोमबार मन्त्रालयमा १०० दिनको कार्ययोजना प्रस्तुत गर्दै मन्त्री श्रेष्ठले सुरक्षाकर्मीबाहेक राज्यबाट कुनै सेवा, सुविधा नलिने घोषणा गरेका हुन् । 

यसअघि गर्दै आएका सबै व्यवसायबाट आफू अलग भएको मन्त्री श्रेष्ठले बताएका छन् । मन्त्री बन्नुअघि संलग्न रहेको व्यवसाय अहिले त्यागेकाले आफ्ना काममा स्वार्थ नबाझिने दावी उनले गरे। 

१०० दिनेको कार्ययोजना  प्रस्तुत गर्दै उनले खोपको व्यवस्थापन र सबै नेपालीलाई खोपको पहुँचमा पुर्याउनु नै आफ्नो पहिलो प्राथमिकता रहेको बताएका छन् ।





  • प्रकाशित मिति : साउन १८, २०७८ साेमबार १२:४३:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया