संक्रमितको संख्या ५०० नाघेपछि  निषेधाज्ञामा कडाइ

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा निषेधाज्ञा कडाइ गर्ने निर्णय भएको छ । संक्रमण बढ्दै जान थालेपछि जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञालाई थप कडाइ गर्ने निर्णय गरेको हो । 

जिल्लामा सक्रिय संक्रमितको संख्या ५०० नाघेको छ । संक्रमितको संख्या ५०० नाघेपछि प्रशासनले यस्तो निर्णय गरेको हो । 

निषेधाज्ञा खुकुलो बनाएसँगै जनस्वास्थ्यका मापदण्ड पालनामा लापरवाही बढेको छ । जनस्वास्थ्यका मापदण्ड पालना नगर्दा संक्रमण तीब्र गतिमा बढिरहेको भन्दै निगरानी बढाउने र पसल खोल्ने समय तोक्ने तयारी रहेको सुर्खेतका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले जानकारी दिए । 

रिजालका अनुसार कोरोना महामारीको भयावह रोक्न निषेधाज्ञाको मोडालिटीमा केही कडाइ गरिएको हो । तर वीरेन्द्रनगरमा खाद्यन्न लगायतका अन्य पसलहरु भने सोमबार देखि बिहान ९ बजेबाट साँझ ६ बजेसम्म  खोल्ने निर्णय गरिएको छ ।

औषधी तथा औषधीजन्य पसल, पेट्रोल पम्प २४ सै घण्टा  खोल्न पाइने छ । तरकारी, फलफुल तथा दुधजन्य पसलहरु बिहान ६ देखि साँझ ६ बजेसम्म खोल्न पाइने स्थानीय प्रशासनले जारी गरेको आदेशमा उल्लेख छ । सुर्खेतमा यसअघि नै जारी भएको निषेधाज्ञा साउन २२ गते रातिसम्म कायम छ । 

कर्णालीमा कोरोना संक्रमितको कुल संख्या ३० हजार २७४ पुगेको छ । शनिबारसम्मको रेकर्डअनुसार सबैभन्दा बढी जुम्ला जिल्लामा २४ जनामा कोरोना देखिएको छ ।



यस्तै सुर्खेतमा २२, रुकुम पश्चिममा १७, मुगुमा ८, कालिकोटमा ५, हुम्लामा ३, दैलेखमा २ र अन्य २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
 



  • प्रकाशित मिति : साउन १८, २०७८ साेमबार १३:४:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया