विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डे समूहले पार्टीका बारेमा नयाँ दस्तावेज सार्वजनिक गर्ने भएको छ । साझा पार्टीका आवश्यकता, औचित्य पुष्टि गर्न दस्तावेज वैकल्पिक राजनीतिको मूलबाटो नामको दस्तावेज मंगलबार सार्वजनिक गर्ने तयारी भएको पाण्डेले जानकारी दिए ।
विवेकशील साझा पार्टी किन जन्मियो ? वैकल्पिक राजनीति किन सुरु भयो, यसको औचित्य के हो ? अबको बाटो के हुनुपर्छ ? भन्ने जस्ता विषलाई बहसमा लैजानका लागि दस्ताबेज ल्याउन लागेको उनको भनाइ छ ।
'दस्तावेज तयारी भइसकेको छ, भोलि सार्वजनिक गर्दैछौँ' पाण्डेले भने । पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले पछिल्लो समय संघीयता र धर्म निरपेक्षतामा जनमतसंग्रह गर्नुपर्ने माग अगाडि सारेपछि पाण्डेले त्यसको विरोध जनाउँदै आएका थिए ।
वैकल्पिक राजनीतिक शक्ति भनी गठन भएको पार्टीको भूमिका र जिम्मेवारी कस्तो हुनुपर्छ भन्ने विषयमा जनतामाझ बहसका लागि दस्ताबेज ल्याउन लागेको पाण्डेले जानकारी दिए।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।