कोभिसिल्ड खोप लगाएका साढे १३ लाख नागरिकलाई एस्ट्राजेनेका खोप लगाइने

भारतीय कोरोना खोप कोभिसिल्डको पहिलो डोज लगाएका १३ लाख ४८ हजार नागरिक दोस्रो डोजको प्रतिक्षामा छन् । गत चैत र वैशाखमा पहिलो डोज लगाएका व्यक्तिले खोप अभावका कारण दोस्रो डोज लगाउन नपाएका हुन् । 

अब उनीहरूलाई एस्ट्राजेनेकाको खोप दिइने भएको छ । त्यसका लागि जापान सरकारले १६ लाख डोज एस्ट्राजेनेका खोप दिने भएको छ । जापान सरकारबाट खोप प्राप्त भएको तीन दिनभित्रमा नागरिकलाई वितरण गरिने स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले बताए । 

वर्तमान सरकारले पहिलो चरणमा कोभिसिल्ड खोप लगाएकालाई दोस्रो डोज दिने प्राथमिकतामा राखेको उनको भनाइ छ । सरकारले असोज मसान्तभित्रमा एकतिहाइ नागरिकलाई खोप दिइसक्ने लक्ष्य लिएको उनको भनाइ छ । 

चैत मसान्तसम्म सबै नेपालीलाई खोप लगाइसक्ने प्रधानमन्त्रीको प्रतिवद्धता रहेको भन्दै सोही आधारमा सरकारले खोप खरिद प्रक्रिया अगाडि बढाएको उनको भनाइ छ । खोप खरिदका लागि सरकारले मित्र राष्ट्र तथा दातृ निकायहरू सँगको खोप कुटनीतिलाई उच्च प्राथमिकतामा राखेको उनले बताए । 





  • प्रकाशित मिति : साउन १८, २०७८ साेमबार १५:२८:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया