सत्ता गठबन्धनमा रहेका दलको बैठक सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा गठबन्धनको बैठक सुरु भएको हो ।
सत्तारुढ दलहरु नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र एमालेको नेपाल समूह सहभागी गठबन्धनको बैठक सुरु भएको हो ।
मन्त्रिपरिषद विस्तार र मन्त्रालय बाँडफाँडको विषय टुङ्ग्याउनका लागि बैठक बसेको हो । बैठकले आजै मन्त्रालय भागबण्डा मिलाउने बताइएको छ ।
आजको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल पनि सहभागी हुने बालुवाटार स्रोतले बताएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।