स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा पछिल्लो २४ घण्टामा तीन हजार १२५ कोरोना संक्रमित थपिएका छन् । योसँगै संक्रमितको संख्या सात लाख ६२ हजार ४३२ पुगेको छ ।
मन्त्रालयका अनुसार १३ हजार ८११ जनाको नमुना परीक्षणमा सो संख्यामा संक्रमित थपिएका हुन् ।
पछिल्लो २४ घण्टामा थप २३ जनाको मृत्यु भएको छ । यससँगै कुल मृत्यु संख्या ९ हजार ८९८ पुगेको जनाएको छ ।
पछिल्लो २४ घण्टामा एक हजार ९२५ जना संक्रमणमुक्त भएका छन् । हालसम्म ६ लाख ५८ हजार १२२ जना संक्रमणमुक्त भएका छन् ।
यस्तै, हालसम्म पहिलो मात्रा ४१ लाख ६३ हजार २५१ र पूर्ण मात्रा २० लाख २११ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।