ओलम्पिक महिला फुटबल : स्वर्णको लागि स्विडेन र क्यानडा भिड्ने

स्विडेनले टोकियो ओलम्पिक अन्तर्गत महिला फुटबलको उपाधि भिडन्त पक्का गरेको छ । यससँगै फाइनल प्रवेश गर्ने दुवै टोलीको टुङ्गो लागेको छ । 

योकोहामा अन्तर्राष्ट्रिय रंगशालमा सोमबार भएको दोस्रो सेमिफाइनलमा अस्ट्रेलियामाथि १-० गोल अन्तरको जितसँगै स्विडेनले क्यानडासँग उपाधि भिडन्त पक्का गरेको हो । 

खेलको ४६ औँ मिनेटमा फ्रिडोलिना रोल्फोले गरेको एक मात्र गोल स्विडेनलाई दोस्रोपटक फाइनल पुर्याउन पर्याप्त बन्यो । उसले सन् २०१६ को रियो ओलम्पिकमा रजत हात पारेको थियो । 

स्विडेनले दक्षिण कोरिया र अस्ट्रेलिया बेलायतलाई हराउँदै सेमिफाइनल प्रवेश गरेका थिए । स्वर्णको लागि अगस्ट ६ मा स्विडेनले क्यानडासँग प्रतिस्पर्धा गर्नेछ । क्यानडा अमेरिकालाई हराउँदै फाइनल प्रवेश गरेको हो । 





  • प्रकाशित मिति : साउन १८, २०७८ साेमबार १८:५१:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया