मंगलबारबाट उपत्यकामा जारी निषेधाज्ञामा थप कडाइ, मास्क नलगाउनेलाई जरिवाना

सोमबार बसेको जिल्ला संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी)को बैठकले उपत्यकामा जारी निषेधाज्ञालाई थप कडाइसहित लम्ब्याउने निर्णय गरेको छ । 

बैठकले खुकुलो निषेधाज्ञासँगै कोरोना संक्रमण फैलिन थालेपछि थप कडाइका साथ निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो । 

बैठकपछि काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले कोरोना संक्रमण फैलिन थालेकाले निषेधाज्ञामा थप कडाइ गर्ने निर्णय भएको बताए । उनले भने, ‘भोलिदेखि नै अनुगमन थाल्दै सार्वजनिक स्थानमा भीडभाड गर्ने र मास्क नलगाउनेलाई जरिवाना तथा कानुनी कारबाही गरिनेछ ।’

बैठकले सहायक सिडिओको संयोजकत्वमा निषेधाज्ञा अनुगमन समिति गठन गरेको छ । समितिले मंगलबारदेखि नै काठमाडौं उपत्यकाको सार्वजनिक क्षेत्रको अनुगमन गर्नेछ ।

गत वैशाख १६ देखि जारी निषेधाज्ञा साउन २० गतेबाट सकिँदै छ । काठमाडौं, भक्तपुर र ललितपुरका प्रजिअसहित अब बस्ने कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)को बैठकले थप निर्णय गर्नेछ । 





  • प्रकाशित मिति : साउन १८, २०७८ साेमबार १९:५८:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया