एक्सन थ्रिलर फिल्ममा खेल्दै शाहिद कपुर

बलिउडका प्रख्यात निर्देशक अली अब्बास जफरले शाहिद कपुरको साथमा एक एक्सन थ्रिलर फिल्म लिएर आउँदैछन् । 

भारतीय मिडियाका अनुसार यो एक्सन थ्रिलर फिल्म विदेशी फिल्मको हिन्दी रिमेक हो । रिमेक हुने विदेशी फिल्मको बारेमा भने अझै जानकारी आएको छैन । 

अफसाइड इन्टरटेनेमन्ट ब्यानरमा निमार्ण हुने फिल्मको छायांकन यस सालको अन्त्यमा अबुधावीमा हुनेछ । 

अलीले यस फिल्मलाई लिएर निकै लामो समयदेखि योजना बनाइरहेका थिए । अलीले फिल्मको स्क्रिप्टलाई भारतीय दर्शकको रुचि अनुसार तयार पारिरहेका छन् । 

सन् २००३ मा इश्क विश्क नामक फिल्मबाट बलिउडमा डेब्यु गरेका शाहिद कपुर पहिलो पटक राज एन्ड डिकेको वेब सिरिजमार्फत् डिजिटल डेब्यु गर्न गइरहेका छन् । अहिले सिरिजको छायांकन चलिरहेको छ । 

यसका साथै उनी साउथ फिल्म जर्सीकाे हिन्दी रिमेकमा मूख्य भूमिकामा देखिनेछन् । 





  • प्रकाशित मिति : साउन १९, २०७८ मंगलबार ८:११:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया