चीनमा बाढी : मर्नेकाे संख्या ३०२ पुग्याे, दर्जनाैँ अझै बेपत्ता

चीनको हेनान प्रान्तमा  भीषण वर्षाका कारण आएको बाढीमा परी मर्नेहरूकाे संख्या ३०२ पुगेको छ । दर्जनाैँ मानिस अझै बेपत्ता भएका छन् । 

हेनानको राजधानी झेङ्गझाउमा मात्र बाढीमा परी २९२ जनाको मृत्यु भएकाे छ भने ४७ जना बेपत्ता भएकाे अल जजिरा मिडियाले जनाएकाे छ । 

लगातार तीन दिन भारी वर्षा भएपछि झेङ्गझाउ पूर्ण रुपमा प्रभावित भएको थियो।

वर्षाका कारण २ बिलियन अमेरिकी डलरभन्दा धेरैकाे नाेक्सान भएकाे छ । 

चिनियाँ अधिकारीहरूले हजार वर्षपछि यस्ताे भीषण वर्षा भएकाे बताएका छन् । 





  • प्रकाशित मिति : साउन १९, २०७८ मंगलबार ९:४१:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया