नेकपा एमालेमा पछिल्लो समय विवाद मिलाउन अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच आज भेटवार्ता हुने सम्भावना छ । नेकपा एमालेका दोस्रो पुस्ताका नेताहरुको पहलमा यी दुई नेताबीच भेट हुने सम्भावना बढेको हो ।
आजै यी दुई नेताबीच भेट हुने भनिए पनि कतिबेला र कहाँ भेट हुने भन्ने निश्चित छैन ।
यी दुई नेताले पछिल्लो समय भेटपछि पनि एमाले विवाद मिल्ने संकेत देखिएको थिएन ।
आजै ओलीसँग भेट्ने तय भए पनि माधवकुमार नेपाल र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच कोटेश्वरमा नेपाल निवासमा भेट भएको छ । यो भेटमा नेपाल र प्रचण्डबीच समसामयिक राजनीतिको विषयमा चर्चा भएको बताइएको छ ।
अर्कोतिर प्रधानमन्त्रीमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई विश्वासको मत दिएका माधवकुमार नेपाल समूह पनि सरकारमा जाने सम्भावना रहेको बताइएको छ । उनले निक्र्योल गरेपछि मात्र सरकार विस्तार गर्ने तयारी देउवा तथा उनलाई प्रधानमन्त्री बनाउन सहयोग गरेको गठबन्धनले रणनीति बनाएको छ ।
नेकपा एमालेमा नेपाल समूह भने सरकार जाने वा नजाने भन्ने विषयमा अहिलेसम्म ठोस निष्कर्षमा पुग्न सकेको छैन ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।