टोकियो ओलम्पिक : कार्स्टनले विश्व कीर्तिमान सुधार गर्दै नर्वेलाई दिलाए स्वर्ण

जापानकाे टाेकियाेमा जारी ३२ ‌‌‌‌औँ संस्करणकाे ग्रिस्मकालीन ओलम्पिक अन्तर्गत एथ्लेटिक्सको पुरुष ४०० मिटर हुर्डलेसमा नर्वेली धावक कार्स्टन वारहोल्मले विश्व कीर्तिमान सुधार गर्दै स्वर्ण पदक हात पारेका छन् । 

उनले मंगलबार बिहान टोकियोस्थित ओलम्पिक रंगशालाको ट्र्याकमा ४५.९४ सेकेन्डको समय निकाल्दै आफ्नै नाममा रहेको ४६.७० सेकेन्डको कीर्तिमान सुधार गरेका हुन् । 

अमेरिकाका बेन्जिमिन राईले ४६.१७ सेकेन्डको समय निकाल्दै रजत र  ४६.७२ सेकेन्डको समय निकालेका ब्राजिलियन धावक एलिसन डोस सान्तोसले कास्य पदक हात पारे ।  





  • प्रकाशित मिति : साउन १९, २०७८ मंगलबार १३:४५:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया