कुलमान घिसिङलाई विद्युत प्राधिकरणको कार्यकारी निर्देशक बनाउन प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री शेरबहादुर देउवाले विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशक बनाउन ऊर्जामन्त्रीलाई निर्देशन दिएका छन् ।

देउवाले आवश्यक प्रक्रिया पुर्याएर घिसिङलाई कार्यकारी निर्देशक बनाउन ऊर्जामन्त्री पम्फा भुसाललाई ठाडो निर्देशन दिएका हुन् । 

कुलमान अघिल्लेपटक कार्यकारी निर्देशक नियुक्त भएको समयमा  विद्युत प्राधिकरण दैनिक १४ घण्टाको लोडसेडिङ तालिका जनतालाई बाँडेर बसिरहेको थियो। प्राधिकरणको नेतृत्व गरेको ६ महिनामै नेपालभर २४ सै घण्टा विद्युत् सेवा सुचारु राख्न सफल भएका थिए ।​

अर्बाैं रकम घाटामा रहेको प्राधिकरणलाई नाफामा लैजान घिसिङको टिमले निकै मेहनत गर्नु परेको थियो। यही टिमको मेहनतले आव २०७६÷७७ मा सबैभन्दा बढी नाफा कमाउने सार्वजनिक संस्थानको सूचीमा प्राधिकरण पहिलो बनेकाे थियाे । 

विद्युत् चुहावटलाई २६ प्रतिशतबाट घटाएर १५ प्रतिशतमा ल्याएका थिए। त्रिशूली– थ्री ए, चमेलिया र कुलेखानी–३ जस्ता अवरुद्ध आयोजनाको निर्माणसम्पन्न गरी राष्ट्रिय प्रसारण लाइनमा जोड्न घिसिङको टिम सफल भयो।

उनको कार्यकाल सुरु हुँदा ३४ अर्ब ६१ करोड रुपैयाँ संचित नोक्सानी रहेकोमा प्राधिकरणले सम्पूर्ण संचित नोक्सानीलाई शून्यमा झारी करिब ५ अर्ब रुपैयाँ नाफामा लैजान सफल भएकाे थियाे ।



देशले फेरि कुलमान खाेजेकाे छ



  • प्रकाशित मिति : साउन १९, २०७८ मंगलबार १६:५२:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया