काठमाडौं उपत्यकामा निषेधाज्ञा एक साता लम्बियो

काठमाडौं उपत्यकाको निषेधाज्ञा एक साता लम्बिएको छ । आज बसेको तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले साउन २७ गतेसम्म निषेधाज्ञा थप गर्ने निर्णय गरेका हुन् ।  

अबको निषेधाज्ञामा अनुगमनलाई कडा बनाउने समेत निर्णय गरिएको छ । गत वैशाख १६ गतेदेखि जारी निषेधाज्ञा साउन २० गते मध्यरातसम्म कायमै छ । साउन पहिलो सातादेखि नै निषेधाज्ञा खुकुलो पारिएको थियो । 

निषेधाज्ञा खुकुलो पारिएसँगै संक्रमण बढ्न थालेको छ । निषेधाज्ञाको समयमा जनस्वास्थ्यसम्बन्धी मापदण्ड कडाइका पालना गर्न गराउन सबैमा आग्रह गरिएको छ ।





  • प्रकाशित मिति : साउन १९, २०७८ मंगलबार १६:५९:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया