३३८३ संक्रमित थपिए, १९९४ कोरोनामुक्त, २४ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा देशभर ३३८३ जना नयाँ संक्रमित थपिएका छन्। पिसिआर परीक्षणमा २४४८ र  एन्टिजेनमा ९३५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ। 

स्वास्थ्य मन्त्रालयका अनुसार २४ घण्टामा १६ हजार ७१८ नमुनाको परीक्षण गरिएको छ । देशभरका विभिन्न प्रयोगशालामा गरी १० हजार ६८३ पिसिआर परीक्षण गरिएको छ । ६०८० एन्टिजेन परीक्षण भएको छ।

स्वास्थ्य मन्त्रालयले दिएको विवरण अनुसार यो सँगै नेपालमा पिसिआर परीक्षणबाट संक्रमित पुष्टि हुनेको कुल संख्या ७ लाख २ हजार ९७ जना पुगेको छ। अहिलेसम्म एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ६३ हजार ७१८ संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

२४ घण्टामा १९९४ जना कोरोनामुक्त भएका छन्। यो सँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या ६ लाख ६० हजार ११६ पुगेको छ। 

अहिले देशभर सक्रिय  संक्रमितको संख्या ३२ हजार ५९ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।  पछिल्लो २४ घण्टामा २४ जना संक्रमितको मृत्यु भएको छ। नेपालमा कोरोनाबाट मृत्यु हुनेको जम्मा संख्या ९ हजार ९२२ पुगेको छ। 





  • प्रकाशित मिति : साउन १९, २०७८ मंगलबार १८:२:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया