अफगानिस्तानको राजधानी काबुलस्थित राष्ट्रपति अशरफ गनीको भवन नजिकै शक्तिशाली विष्फोट भएको छ ।
विष्फोट भएको इलाकामा थुपै सरकारी भवन, विभिन्न दूतावास, अन्तर्राष्ट्रिय मिडिया संगठन र सहायक एजेन्सीहरू थिए ।
विष्फोट स्थानीय समय अनुसार मंगलबार राति ८ बजेतिर भएको थियो । कार्यबाहक रक्षामन्त्रीको घरलाई निशाना बनाइ विष्फोट भएको देखिएको विदेशी सञ्चारमाध्यमले जनाएका छन् । भएकाे विष्फोटको जिम्मेवारी कसैले पनि लिएको छैन ।
विष्फोटपछि कार्यबाहक रक्षामन्त्री बिसमिल्लाह मोहमदीले आफू र आफ्नो परिवारलाई केही पनि नभएको तर आफ्ना केही बडीगार्ड भने घाइते भएको बताएका छन्।
गृह मन्त्रालयका प्रवक्ताका अनुसार विष्फोटपछि हतियारधारी समूह उक्त इलाकामा प्रवेश गरेका थिए ।
बडीगार्ड र प्रहरीको गोली लागी तीन जना हतियारधारीको मृत्यु भएको छ ।
विष्फोट भएको केही समयपछि नै काबुलको अर्को स्थानमा पनि शक्तिशाली विष्फोट भएको थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।