टोकियो ओलम्पिक : महिला ४०० मिटर हर्डलेसमा नयाँ विश्व कीर्तिमान

जापानको टोकियोमा जारी ३२ औँ सस्करणको गृष्मकालीन ओलम्पिकमा अमेरिकी धाविका  सिड्नी म्याक्लाफ्लिनले विश्व कीर्तिमान सहित महिला ४०० मिटर हर्डलेसमा स्वर्ण हात पारेकी छन् । 

उनले बुधबार टोकियोस्थित ओलम्पिक ट्रयाकमा ५१.४६ सेकेन्डको समय निकाल्दै आफ्नै नाममा रहेको ५१.९० सेकेन्डको विश्व कीर्तिमानमा सुधार गरेकी हुन् ।

अमेरिकाकै डाहिल्हा मुहम्मदले ५१.५८ सेकेन्डको समय निकाल्दै रजत र  नेदरल्यान्डकी फेम्की बोलले ५२.०३ सेकेन्डको समय निकाल्दै कास्य पदक हात पारे । 





  • प्रकाशित मिति : साउन २०, २०७८ बुधबार ११:८:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया