चिनियाँ खेलाडीमाथि अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीको अनुसन्धान

जापानको टोकियोमा जारी ३२ औँ संस्करणको गृष्मकालीन ओलम्पिकका स्वर्ण धारी दुई चिनियाँ खेलाडीमाथि अनुसन्धान सुरु भएको छ । 

अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइओसी)ले खेल भावनाविपरीत कार्य गरेको भन्दै ट्रयाक साइक्लिङ महिला स्प्रिन्ट टिम इभेन्टमा स्वर्ण हात पारेका बाओ सान्जु र सुङ टियान्सीमाथि अनुसन्धान सुरु गरेको हो । 

उनीहरुले पुरस्कार वितरण समारोहमा चिनियाँ कम्युनिस्ट पार्टीका पूर्वनेता माओत्सेतुङको ‘ब्याच’ लगाएका थिए । आइओसी यसै विषयमा अनुसन्धान थालेको हो ।

ओलम्पिकको नियमअनुसार खेल आयोजना स्थलमा कुनै पनि राजनीतिक, धार्मिक वा जातियताको बारेमा प्रचार प्रसार तथा प्रदर्शन गर्न पाइँदैन ।

दुई खेलाडीले नियम तोडेको भन्दै आइओसीले चिनियाँ ओलम्पिक कमिटीसँग रिपोर्टसमेत माग गरेको छ ।





  • प्रकाशित मिति : साउन २०, २०७८ बुधबार १२:४५:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया