ओलम्पिक पदकमा चीनको अग्रता, पछ्याउँदै अमेरिका र जापान

टोकियोमा जारी ३२ औँ ग्रिष्मकालीन ओलम्पिक पदकमा चीनको अग्रता कायम रहेको छ ।

टोकियो ओलम्पिकको आज १२ औँ दिनमा ३२ स्वर्ण, २१ रजत, १६ कास्य सहित कुल ६९ पदक चीनले आफ्नो पोल्टामा पारिसकेको छ ।

२५ स्वर्ण, २९ रजत र २१ कास्यसहित कुल ७५ पदक हात पारी अमेरिका दोस्रो स्थानमा छ। जापान भने २० स्वर्ण, ७ रजत र १२ कास्यसहित जम्मा ३९ पदक प्राप्त गरी तेस्रो स्थानमा छ । 

यसै गरी अष्ट्रेलिया १५ स्वर्ण, ४ रजत र १६ कास्यसहित कुल ३५ पदक सहित तालिकाको चौथो स्थानमा र रसिया १३ स्वर्ण, २१ रजत र १८ कास्यसहित कुल ५२ पदकसहित  पाँचौँ स्थानमा रहेको छ।

ग्रेट ब्रिटेन, जर्मनी, फ्रान्स, नेदरल्यान्ड र दक्षिण कोरिया पदक तालिकाको शीर्ष १० भित्र रहेका छन् । 

हालसम्म ८५ राष्ट्रले पदक तालिकामा आफ्नो नाम सुरक्षित राखेका छन् । 





  • प्रकाशित मिति : साउन २०, २०७८ बुधबार १२:४६:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया