अनेरास्ववियू सिन्धुपाल्चोकद्वारा जिल्ला प्रशासनमार्फत गृह मन्त्रालयको ध्यानाकर्षण

नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियू सिन्धुपाल्चोक जिल्ला कमिटीले जिल्ला प्रशासन कार्यालयमार्फत गृहमन्त्रालयमा ध्यानाकर्षण पत्र बुझाएको छ । मुलुकको पछिल्लो घटनाक्रमको विषयलाई मध्यनजर गर्दै जिल्ला कमिटीले मंगलबार ध्यानाकर्षण पत्र बुझाएको हो । 

अनेरास्ववियू जिल्ला संयोजक रामचन्द्र थापाको संयोजकत्वमा विभिन्न ५ बुँदामा जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकमार्फत मन्त्रालयमा ध्यानाकर्षण गराइएको हो । अनेरास्ववियूले सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका, हेलम्बु गाउँपालिका र मनाङका विभिन्न क्षेत्रमा आएको बाढी पहिरो प्रभावितलाई तत्काल राहत प्याकेज र दीर्घकालीन तट बन्धनको योजना ल्याउन माग गरेको छ । 

त्यस्तै, कोभिड-१९ को महामारीका कारण उत्पन्न समस्याका बीच सरकारी तथा निजी विद्यालयहरुले अनलाइन कक्षा पारदर्शी र प्रभावकारी नबनाएको भन्दै ध्यानाकर्षण गराएको छ । गत १४ साउनमा महाकाली नदी तर्दै गर्दा तुइन भारतीय सेनाले तुइन काटिदिएपछि नदीले बगाएर बेपत्ता भएका धामीको परिवारलाई उचित क्षतिपूर्तिका मागसमेत गरेको छ ।  

जिल्ला प्रशासन कार्यालयका प्रमुख अरुण पोखरेललाई ध्यानाकर्षण पत्र बुझाउँदै आफूहरुले अघि सारेका बुँदाहरुमा गम्भीर भएर लाग्नुपर्ने अनेरास्ववियू सिन्धुपाल्चोकले जनाएको छ ।





  • प्रकाशित मिति : साउन २०, २०७८ बुधबार १३:७:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया