जापानको टोकियोमा जारी ३२ औँ ग्रिष्मकालीन ओलम्पिकमा पहिलोपटक समावेश गरिएको स्केट बोर्डिङमा कास्य पदक जित्दै स्काइ ब्राउन बेलायतका लागि ओलिम्पक पदक दिलाउने सबैभन्दा कम उमेरकी खेलाडी बनेकी छन् ।
१३ वर्षीया ब्राउनले बुधबार विहान भएको महिला पार्क फाइनलमा ५६.४७ अंक जोड्दै कास्य पदक हात पारेकी हुन् ।
जापानिज खेलाडी साकुरा योसोजुमीले ६०.०९ अंक जोड्दै स्वर्ण हात पार्दा जापानकै कोकोना हिराकीले ५९.०४ अंक जोड्दै रजत पदक जितिन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।