पूर्वप्रधानमन्त्री झलनाथ खनालको मिर्गौला प्रत्यारोपण सफल
फाइल तस्बिर

नेकपा एमालेका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालको मिर्गौला प्रत्यारोपण सफल भएको छ । भारतको दिल्लीस्थित एपोलो अस्पतालमा खनालको मिर्गौला प्रत्यारोपण भएको हो । 

खनालको निजी सचिवालयले सामाजिक सञ्जालमार्फत मिर्गौला प्रत्यारोपण सफल भएको बताएको छ । डा. सन्दीप गुलेरियाको नेतृत्वमा सफल मिर्गौला प्रत्यारोपण भएको सचिवालयले जनाएको छ । 

सफल प्रत्यारोपणपछि खनाल अस्पतालमै केहीदिन आराममा रहने सचिवालयले जनाएको छ । उनी स्वास्थ्य अवस्था सामान्य भएपछि नेपाल फर्कनेछन् ।

 





  • प्रकाशित मिति : साउन २०, २०७८ बुधबार १५:३८:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया