विद्युत् प्राधिकरणका सिइओ शाक्य सम्मानजनक रुपमा पद छाड्न तयार

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले आफू सम्मानजनक रुपमा पद छाड्न तयार रहेको बताएका छन् । 

बुधबार कार्यकारी निर्देशक शाक्यले पत्रकारहरुसँग कुरा गर्दै आफू सरकारले खटाएको जुनसुकै पद र स्थानमा रहेर काम गर्न तयार रहेको बताएका हुन् । 

सम्मानजनक रुपमा बाहिरिन कुनै समस्या नरहेको, तर आफूमाथि अपमान र अन्याय भए अदालत जाने उनको भनाइ छ । 

उनले सरकारले राजीनामा मागेको विषय ‘हल्ला’ मात्रै भएको बताएका छन् । आफूसँग राजीनामा नमागिएको तर प्रधानमन्त्री र मन्त्रीले बोलाएर वैकल्पिक व्यवस्थाबारे छलफल गरेको उनले स्वीकार गरे । 

प्रधानमन्त्री शेरबहादुर देउवाले प्राधिकरणमा पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङलाई नै ल्याउन ऊर्जामन्त्री पम्फा भुसाललाई लाई ठाडो आदेश दिएका थिए ।

शाक्यको कार्यकालमा प्राधिकरण झनै घाटामा गएको भन्दै असन्तुष्ट रहेकी ऊर्जामन्त्री पम्फा भुसालले मंगलबार शाक्यलाई मार्गप्रशस्त गर्न आग्रह गरेकी थिइन् । 





  • प्रकाशित मिति : साउन २०, २०७८ बुधबार १६:५७:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया