जापानको टोकियोमा २४ अगस्ट २०२१ देखि ५ सेप्टेम्बर २०२१ मा पाराओलम्पिक गेम्सको आयोजना हुने भएको छ । सो गेम्समा भाग लिन नेपाली तेक्वान्दो खेलाडी पलेशा गोबर्द्धन जापान जाने भएकी छिन् ।
पलेशाले के ४४ अन्तर्गत ५८ केजीमुनि समूहमा प्रतिस्पर्धा गर्नेछिन् । पलेशासहित पाराल्यम्पिक गेम्समा भाग लिने नेपाली टोलीलाई केल्मीले खेल सामग्री प्रायोजन गरेको छ ।
पलेशाका साथमा टोकियो जाने प्रशिक्षक कविराज नेगी लामा, सेफ दी सरोज श्रेष्ठ, डाक्टर दीपक श्रेष्ठलाई प्याराल्याम्पिक अवधिभर प्रयोग हुने सामग्री केल्मीले उपलब्ध गराउने भएको हो ।
नेपालका लागि केल्मीको आधिकारिक विक्रेता कामरु ट्रेडिङ प्रालिका प्रबन्ध निर्देशक प्रदीप न्यौपाने र नेपाल पाराल्याम्पिक कमिटीका सचिव विश्वास बस्नेतले प्रायोजन सम्झौतामा हस्ताक्षर गरेका छन् ।
केल्मीले पाराल्याम्पिकलाई ४ वर्षका लागि प्रायोजन गरेको छ । पाराल्याम्पिकका सबै अन्तर्राष्ट्रिय सहभागितामा नेपाली सहभागीले केल्मीको खेल पोसाक प्रयोग गर्नेछन् । अहिले जापानमा जारी ओलम्पिकका लागि पनि केल्मीले प्रायोजन गरेको थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।