त्रिभुवन विश्वविद्यालय (त्रिवि)को आंगिक कलेजमा एक वर्ष अध्यापन गराएका आंशिक शिक्षक एक वर्षपछि निःसर्त करार हुने भएका छन् ।
आंशिक शिक्षकहरुको माग सम्बोधन गर्न त्रिविले गठन गरेको वार्ता समिति र आन्दोलनरत आंशिक शिक्षकबीच सो सहमति भएको हो ।
त्रिविले प्राध्यापक विष्णु खनालको संयोजकत्वमा तीन सदस्यीय वार्ता टोली गठन गरेको थियो । वार्ता टोलीले शिक्षक र पदाधिकारीसँग पटक–पटक छलफल गरेर उक्त सहमति गरेको हो ।
लामो समयदेखि करार गर्न माग गर्दै आन्दोलनमा रहेका शिक्षकहरुसँग त्रिविले सोमबार सहमति गरेको हो । आंशिक शिक्षकहरुले विभिन्न माग राख्दै त्रिवि पदाधिकारी कार्यालयमा तालाबन्दी गरेका थिए ।
शेरबहादुर देउवा यसअघि प्रधानमन्त्री भएका बेला १ हजार ४२० आंशिक शिक्षकलाई करार गराउन मन्त्रिपरिषदबाट पारित गराएका थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।