नेपाल समूहको केन्द्रीय कमिटी बैठकलाई ओली समूहले भन्यो अनाधिकृत

नेकपा एमाले माधवकुमार नेपाल समूहले बोलाएको केन्द्रीय कमिटी बैठकलाई अध्यक्ष केपी शर्मा ओली समूहले अनाधिकृत भनेको छ । 

नेकपा एमाले कार्यालय सचिव शेरबहादुर तामाङले एक विज्ञप्ति जारी गर्दै यो बैठक अनाधिकृत भएको बताएका छन् । उनले जारी गरेको विज्ञप्तिमा २१ साउनमा एमाले केन्द्रीय कमिटीको कुनै बैठक आयोजना नगरिएको सबैलाई जानकारी गराउँछु भन्ने उल्लेख गरिएको छ ।

उनले पार्टी विधान विपरित यो बैठक बोलाएको भन्दै यस्ता गतिविधिमा नलाग्न पनि पार्टी कार्यकर्ताहरुलाई अपिल गरेका छन् ।

यसअघि आजका लागि बोलाइएको नेपाल समूहको बैठक केही सदस्य काठमाडौं बाहिर भएकाले स्थगित गरिएको थियो । नेपाल समूहले आज स्थगित गरेको बैठक बिहीबारलाई बोलाएको छ ।

पछिल्लो समय नेकपा एमालेमा देखिएको विवाद मिलाउने हेतुले दोस्रो तहका नेताहरु विवाद समाधान गर्न अध्यक्ष ओली र वरिष्ठ नेता माधवकुमार नेपाललाई भेटाउने प्रयासमा छन् । तर, उनीहरुबीच हुने भेट निश्चित भइसकेको छैन ।





  • प्रकाशित मिति : साउन २०, २०७८ बुधबार २१:२०:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया