आइतबारसम्ममा जापानबाट आठ लाख डोज खोप नेपाल आइपुग्ने

आगामी शनिबार र आइतबारसम्ममा जापानबाट करिब ८ लाख डोज खोप नेपाल आइपुग्ने भएको छ । 

जापान सरकारले नेपाललाई सहयोगको लागि प्रतिबद्धता गरेको १६ लाख डोज अस्ट्राजेनेका खोपमध्ये आधा आउन लागेको हो । 

नेपालस्थित जापानी राजदूतावासले बुधबार विज्ञप्ति जारी गर्दै काठमाडौंमा शनिबार र आइतबार खोप आइपुग्ने जनाएको छ । दूतावासका अनुसार जापानबाट बिहीबार र शुक्रबार करिब ८ लाख खोप ढुवानी हुनेछ । 

खोप सहयोगले नेपालको कोरोना भाइरसविरुद्धको अभियानलाई सहयोग गर्ने जापानी राजदूत किकुता युताकाले बताएका छन् । 

बाँकी ८ लाख खोप भने कहिले आउँछ भन्नेबारे भने केही खुलाइएको छैन ।





  • प्रकाशित मिति : साउन २०, २०७८ बुधबार २१:४६:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया