तनहुँमा थप निषेधाज्ञा जारी

तनहुँमा साउन मसान्तसम्म थप निषेधाज्ञा जारी गरिएको छ । 

जिल्ला कोभिड व्यवस्थापन समितिको मंगलबार बसेको बैठकले कोरोनाको जोखिम रहेकाले निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो । निर्णयअनुसार साउन ३२ गते मध्यरातिसम्म निषेधाज्ञा लागु हुनेछ । 

निषेधाज्ञा उल्लंघन गरेमा कारबाही गरिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ । 

जनस्वास्थ्यका मापदण्ड पालना गरी एम्बुलेन्स, ग्यास, पेट्रोलियम पदार्थ, खानेपानी, औषधि तथा उपचार, अस्पताल, भेटनरी अस्पताल, भेटनरी औषधि पसल, दुरसञ्चार, इन्टरनेट, फोहरमैला व्यवस्थापन, दुग्ध व्यवसाय, बैंकको एटिएम सेवा, कुरियर, डाँक सेवा सञ्चालन गर्न पाइनेछ ।

सिनेमाहल, पार्टी प्यालेस, डान्सबार, दोहोरी, नाचघर, क्लब, हेल्थक्लब, स्विमिङ पुल, फुटसल, सभा, आमसभा, जुलुस, रंगशाला र मानिसको भीडभाड हुने अन्य सबै कार्यक्रम पूर्ण रूपमा निषेध गरिएको छ ।

जिल्लाभित्र सञ्चालन हुने सार्वजनिक सवारी बिहान ६ बजेदेखि बेलुका ६ बजेसम्म सिट क्षमताभित्र रही जनस्वास्थ्यका मापदण्ड पालना गरी सञ्चालन गर्न पाइनेछ ।



भारत र अन्य मुलुकबाट जिल्लामा आउने व्यक्तिले अनिवार्य रूपमा १० दिन क्वारेन्टाइनमा बस्नुपर्नेछ ।
 



  • प्रकाशित मिति : साउन २१, २०७८ बिहीबार ६:४६:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया