आजबाट नेपालीलाई युएईमा प्रवेश खुल्ला
फाइल तस्बिर

आजबाट नेपालीले संयुक्त अरब इमिरेट्स (युएई) जान पाउने भएका छन् ।  युएईले आजबाट कोरोना खोप लगाएका तथा नलगाएकालाई तोकिएको मापदण्ड पालना गरी प्रवेश दिन लागेको हो । 

युएईको राजधानी आबुधावीस्थित नेपाली दूतावासका अनुसार कोरोना भाइरसविरुद्धको खोप लगाएकाले सहजै प्रवेश पाउनेछन् । त्यस्तै खोप नलगाएका व्यक्तिलाई ४८ घण्टाभित्र गरिएको पिसिआर परीक्षणको नेगेटिभ रिपोर्ट भएमा प्रवेश दिइने भएको छ ।  
 

युएईको सरकारी निकायमा कार्यरत व्यक्ति, युएईमा कार्यरत स्वास्थ्यकर्मी, युएईका विद्यालय तथा विश्वविद्यालयका शिक्षक, युएईमा उपचार गराइरहेका व्यक्ति, विशेष मानवीय परिस्थिति भएका व्यक्तिले प्रवेश पाउने भएका हुन्।
 
युएई जानेका लागि नेपालको विमानस्थलमा ¥यापिड टेस्ट हुनेछ ।  युएई विमानस्थलमा अवतरण भएपछि पिसिआर परीक्षण हुनेछ । त्यहाँको सरकारले तोकेका स्वास्थ्य मापदण्ड पालना गर्नुका साथै तोकिएको समय क्वारेन्टिनमा बस्नुपर्नेछ ।





  • प्रकाशित मिति : साउन २१, २०७८ बिहीबार ७:१०:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया