लारा दत्ता बनिन् इन्दिरा गान्धी

यस सालको बहु प्रतिक्षित फिल्म‘बेल बटम’ को ट्रेलर सार्वजनिक भएको छ ।

१९ अगस्टमा रिलिज हुने यस फिल्ममा भारतीय जासुस बनेका अक्षय कुमारको साथमा वाणी कपुर, हुमा कुरैशी र लारा दत्ता मुख्य भूमिकामा रहेका छन् । 

ट्रेलरमा नायिका लारा दत्ताको रूपले सबैलाई अचम्मित पारेको छ । फिल्ममा लारा दत्ताले इन्दिरा गान्धीको भूमिका निर्वाह गरेकी छिन् । 

दत्तालाई इन्दिरा गान्धीको भूमिकाका लागि फोन आएको थियो । उनले बिना स्क्रिप्ट नै भूमिकाका लागि तयार भइन् । दत्ताले यो मौका दिएकोमा आफू निकै आभारी रहेको पनि बताइन् । 

चलचित्र सन् १९८४ मा भएको प्लेन हाइज्याकको घटनामा आधारित रहेको छ । लगातार पाँच पटक प्लेन हाइज्याक भएपछि भारत सरकारले यस अप्रेसनका लागि एक जासुस ल्याएको थियो । जसको कोड नाम बेल बटम थियो । 

चलचित्रलाई रंजित तिवारीले निर्देशन गरेका हुन् ।



 



  • प्रकाशित मिति : साउन २१, २०७८ बिहीबार ७:२४:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया