चिनियाँ खोप बालबालिकालाई पनि उपयुक्त, युएईमा अनुमति

संयुक्त अरब इमिरेट्स (युएई) मा बालबालिकालाई पनि कोरोना खोप दिइने भएको छ । युएईको स्वास्थ्य मन्त्रालयले चिनियाँ खोप सिनोफार्म ३ वर्षदेखि १७ वर्ष सम्मका बालबालिकालाई लगाउन अनुमति दिएको छ । 

सिनोफार्म खोपबारे गएिको अध्ययनले त्यसबाट प्राप्त नतिजाले बालबालिकालाई लगाउन सकिने देखिएको त्यहाँको स्वास्थ्य मन्त्रालयले दावी गरेको छ । 

युएई सरकारका अनुसार चिकित्सकीय परीक्षणको नतिजाकै आधारमा खोप दिन लागिएको हो । 

बालबालिकालाई पनि खोप दिइपछि महामारीका नयाँ चरणसँग लड्न सहज हुने सरकारलाई उद्धृत गर्दै सिन्ह्वाले खबर दिएको छ । 

चीनमा विकास भएको सिनोफार्म खोप यूएईमै उत्पादन गर्न थालिएको छ । 

अहिले विश्वभर १८ वर्षमाथिका व्यक्तिहरुलाई कोरोना खोप दिइँदै आएको छ । अमेरिका लगायत केही मुलुकले १२ वर्ष माथिका लाई खोप लगाएका छन् । 



सिनोफार्म खोप ३ वर्ष सम्मका बालबालिकालाई उपयुक्त ठहरिएको खण्डमा यो नेपालका लागि पनि राहतको विषय हो । नेपाललाई अहिलेसम्म सबैभन्दा धेरै खोप उपलब्ध गराउने मुलुक चीन रहेको छ । 



  • प्रकाशित मिति : साउन २१, २०७८ बिहीबार ७:५१:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया