जर्मनीलाई हराउँदै भारतीय हक्की टिमले जित्यो कास्य पदक

जापानमा जारी ३२ औँ संस्करणको ग्रिष्मकालीन ओलम्पिकमा भारतीय पुरुष हक्की टिमले इतिहास रच्दै ४१ वर्षपछि ओलम्पिकमा पदक हासिल गरेको छ । 
भारतीय टिमले जर्मनीलाई ५-४ ले हराउँदै कास्य पदक हासिल गरेकाे हाे ।

भारतले हक्कीमा सन् १९८० को ओलम्पिकमा स्वर्ण जितेको थियो । ४१ वर्षपछि भारतले पदकको तिर्खा मेटाएको छ । 

दोस्रो क्वार्टरमा ३-१ ले पछाडि परेको भारतले सानदार अग्रता लिइ ४ गोल गर्‍‍याे । भारतका लागि सिमरनजित सिंहले दुई गोल, हार्दिक सिंह, हरमनप्रित सिंह र रुपिन्दर सिंहले एक-एक गोल गरे । 

प्रधानमन्त्री नरेन्द्र माेदीले ट्वीट गर्दै भारतीय टिमलाई बधाई दिएका छन् ।





  • प्रकाशित मिति : साउन २१, २०७८ बिहीबार ९:३८:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया