कुटपिट गर्ने वडा अध्यक्ष पक्राउ, पीडित युवकको जाहेरी आएन

युवकमाथि कुटपिट गरेको अभियोगमा जाजरकोटका वडाअध्यक्ष पक्राउ परेका छन् ।  जुनीचाँदे गाउँपालिका–२ का वडाध्यक्ष रामबहादुर नेपालीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी निरीक्षक खुमानन्द पाण्डेले जानकारी दिए । 

पाण्डेका अनुसार वडाअध्यक्ष नेपालीलाई पक्राउ गरी प्रहरी कार्यालय ल्याइँदै छ । पीडित युवक प्रेम दमाईलाई जाहेरी दिन भनिए पनि अहिलेसम्म जाहेरी नआएको प्रहरी निरीक्षक पाण्डेले बताए । 

सार्वजनिक स्थलमा कुटपिट गरेको अभियोगमा वडाअध्यक्ष नेपालीमाथि कारबाही हुने उनले जानकारी दिए । पीडित युवकले जाहेरी नदिए पनि कानुन अनुसार कारबाही गरिने उनको भनाइ छ । 

यही साउन १५ गते वडा कार्यलयमा आएर लफडा गरेको भन्दै वडा अध्यक्ष रामबहादुर नेपालीसहितले प्रेमलाई कुटपिट गरेको भिडियो भाइरल भएको थियो ।

यो पढ्नुहोस् : युवकमाथि कुटपिट गर्ने वडाअध्यक्ष भन्छन्-‘मेरो भतिजो पर्छ, रक्सी खुवाएर धाँधली गर्न पठाएछन्’ 





  • प्रकाशित मिति : साउन २१, २०७८ बिहीबार ११:२७:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया