लिभरपुरसँग एलिसनको सम्झौता नवीकरण

इंग्लिस क्लब लिभरपुलले ब्राजिलियन गोलरक्षक एलिसन बेकरसँग सम्झौता नवीकरण गरेको छ । 

सम्झौता नवीकरणसँगै २८ वर्षीय एलिसन सन् २०२७ सम्म लिभरपुरमै रहनेछन् । उनी सन् २०१८ मा इटालियन क्लब रोमाबाट लिभरपुर आएका थिए । 

‘म र मेरो परिवार निकै खुसी छौँ, मेरो परिवार यहाँको वातावरणमा घुलमिल भइसकेका छन्,’ एलिसनले सम्झौतापछि भने, ‘म यो निर्णयमा साँच्चै खुसी छु । मैले यहाँ राम्रो गरिरहेको अनुभुति भएको छ । मलाई यहाँ सहज नै छ ।’  

एलिसनले लिभरपुरका लागि १३० खेल खेल्दा १ गोल गरेका छन् । लिभरपुरले यो सिजनमा उनीसहित तीन खेलाडीकाे सम्झाैता नवीकरण गरिसकेकाे छ ।

यसअघि लिभरपुरले ट्रेन्ट एलेक्सान्डर आर्नोल्ड र फाविन्होसँग समान ५ वर्षका लागि सम्झाैता नवीकरण गरेको थियो । 
 





  • प्रकाशित मिति : साउन २१, २०७८ बिहीबार ११:३७:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया