नेकपा एमाले वरिष्ठ नेता माधवकुमार नेपाल समूहको स्थायी कमिटीको बैठक सुरु भएको छ ।
केही बेरमा केन्द्रीय कमिटी बैठक बोलाएको यो समूहले स्थायी कमिटी बैठक सुरु गरेर आजको केन्द्रीय कमिटी बैठकमा छलफल गरिने अजेन्डाबारे छलफल सुरु गरेको हो ।
बानेश्वरको एक ब्याङ्क्वेटमा सुरु गर्न लागिएको केन्द्रीय कमिटी बैठकमा यसअघि बनेको कार्यदलले दिएका १० बुँदे सहमतिको प्रस्तावबारे पनि छलफल गरिने कार्यक्रम रहेको छ ।
आजको केन्द्रीय कमिटी बैठकमा माधवकुमार नेपालले आफ्ना गतिविधिबारे बिफ्रिङ गर्दैछन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।