बाजुराका १० वर्षीय बालकमा कोरोनाको डेल्टा भेरियन्ट

बाजुराका एक १० वर्षका बालकमा कोरोनाभाइरसको डेल्टा भेरियन्ट देखिएको छ । जिल्ला अस्पताल बाजुरामा कोरोना संक्रमण भएपछि उपचारका लागि भर्ना भएका यी १० वर्षेमा कोरोनाको डेल्टा भेरियन्ट संक्रमण पुष्टि भएको हो । 

उनको एन्टिजेन जाँच गर्दा पहिले कोरोना रिपोर्ट नेगेटिभ आएको थियो । तर, पछि उनलाई कोरोना संक्रमण भएको पुष्टि भयो । 

बाजुराबाट उनलाई सेती प्रादेशिक अस्पताल धनगढीमा रिफर गरियो ।

त्यहाँबाट उनलाई काठमाडौं उपचारका लागि ल्याइएको थियो । काठमाडौंमा उनको उपचार भएर उनी डिस्चार्ज भएका छन् ।





  • प्रकाशित मिति : साउन २१, २०७८ बिहीबार १५:७:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया