बिहीबार सेयरबजार परिसूचक नेप्सेमा १६ अंकको गिरावट आएको छ । बुधबार १२.०५ अंकले बढेर नेप्से ३१ सय २३.१४ बिन्दुमा पुगेर रेकर्ड राखेको थियो ।
कारोबारको अन्तिम दिन १६ अंकले घटेर ३१ सय ०७.४५ बिन्दु कायम भई कारोबार बन्द भएको छ । विकास बैंक समूहको सेयर भने १ सय ११ अंकले बढेको छ । सेयर बजारमा १४ अर्बमाथिको कारोबार भएको छ।
कारोबार रकम भने १४ अर्बमाथि रहेको छ । कुल २२६ कम्पनीका २ करोड ८८ लाख कित्तामाथिको सेयर १ लाख ३५ हजार बढीपटक किनबेच हुँदा १४ अर्ब ३१ करोड ६२ लाखको कारोबार भएको छ ।
बिहीबार माइक्रोफाइनान्स समूहको ३९, जलविद्युत समूहको ७६, होटल समूहको ४७, अन्य समूहको १७, उत्पादन समूहको ६९, फाइनान्स समूहको २४, जीवन बिमा समूहको ५९ र निर्जीवन बिमा समूहको सेयर ५६ अंकले घटेको छ ।
युनिभर्सल पावर कम्पनीको सेयर झन्डै सात प्रतिशतले र घलेम्दी, शिवश्री र रिडी हाइड्रोको सेयर पाँच प्रतिशतभन्दा धेरैले घटेको छ । नेपाल फाइनान्स, कर्णाली विकास बैंक, जीवन विकास लघुवित्त र युनियन लाइफको सेयर भने १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।