नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष डा. विष्टले दिए राजीनामा

नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष डा. महेन्द्र विष्टले पदबाट राजीनामा दिएका छन् ।  डा. विष्टले बिहीबार कार्यकारी अध्यक्ष पदबाट राजीनामा दिएका हुन् । 

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नियुक्ति दिएका डा. विष्टले ओली सरकारबाट हटेसँगै राजीनामा पदबाट राजीनामा दिएका हुन् । विष्टले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेपछि राजीनामा दिएका हुन् । 

तत्कालीन सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाको कार्यकालमा कार्यकारी अध्यक्ष नियुक्त भएका डा. विष्टले आज मन्त्रालयमा पुगेर राजीनामा बुझाएका हुन् । ४ वर्षका लागि नियुक्त भएका विष्टको एक वर्ष बाँकी थियो । 





  • प्रकाशित मिति : साउन २१, २०७८ बिहीबार १८:१६:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया