राष्ट्रहितविपरीत एमसिसी पास गराउन खोज्ने नेता नेपाली हुनै सक्दैनन् : रुक्माङ्गत ​कटवाल

पूर्व प्रधानसेनापति रुक्माङ्गत कटवालले अमेरिकी सहयोग परियोजना एमसिसीलाई पास गराउन लाग्ने नेताहरु नेपाली हुनै नसक्ने बताएका छन् । कटवालले सामाजिक सञ्जालमार्फत यस्तो बताएका हुन् । 

कटवालले एमसिसी पास भएर लागु भए नेपालको सम्प्रभूता, स्वाधिनता र स्वाभिमान चकनाचुर हुने बताएका छन् । उनले लेखका छन्, ‘म फेरि भन्छु : एमसिसीमा लेखिएका प्रावधानसहित तेसमा पनि बिधाइकाबाट पास गराएर लागु गर्दा नेपालको सम्प्रभूता ,स्वाधिनता र हाम्रो स्वाभिमान चकनाचुर हुन्छ ।’

पूर्व प्रधानसेनापति कटवालले नेपालको अस्तित्व नै संकटमा पर्नसक्ने गरी एमसिसी पास गराउन खोज्ने नेताहरु नेपाली हुनै नसक्ने बताए । उनले एमसिसी नेपालको हितमा नभएको ठोकुवा गरे । 

कटवालले लेखेका छन्, ‘ यस्तो हालतमा एमसिसी पास गराउन खोज्ने नेताहरु नेपाली हुन सक्दैनन् । नेपाली हुँ भनेर गौरव गर्ने स्वाभिमानी सम्पूर्ण नेपालीहरुले घोर बिरोध गर्नैपर्छ । कुनै पनि हिसाबले यही हालतमा एमसिसी पास हुन दिनुहुँदैन ।’

 





  • प्रकाशित मिति : साउन २१, २०७८ बिहीबार १८:४३:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया