नयाँ बन्ने भौतिक संरचना अपांगमैत्री हुनेछन् : अर्थमन्त्री शर्मा

सरकारले अब बन्ने सबै नयाँ भौतिक संरचना अपांगमैत्री बनाउने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले यस्तो प्रतिबद्धता जनाएका हुन् ।

बिहीबार मन्त्रालयमा स्पाइनल कर्ड इन्ज्युरी नेटवर्क नेपालका प्रतिनिधिसँगको भेटघाटमा मन्त्री शर्माले सार्वजनिक संरचना अपांगमैत्री बनाइने बताएका हुन् । 

नेटवर्कका प्रतिनिधिले सार्वजनिकस्थल अपांगमैत्री नभएको, तीनपांग्रे सवारीसाधन आयातमा कर छुट, स्पाइनल इन्ज्युरीका कारण अपांगता भएकाहरुका लागि आवश्यक पर्ने स्वास्थ्यसामग्री सहज रुपले उपलब्ध हुनुपर्नेलगायत माग राखेका थिए ।  

उनीहरुले शर्मा गृहमन्त्री हुँदा अपांगता भएकाहरुका लागि महत्वपूर्ण सहयोग प्राप्त भएको स्मरण गर्दै अब पनि माग सम्बोधन हुने आशा व्यक्त गरेका छन् ।

प्रतिनिधिमण्डलको आग्रहअनुसार पुराना संरचनालाई भत्काएर अपांगमैत्री बनाउन नसके पनि अब बन्ने संरचना अपांगमैत्री बनाइने आश्वासन मन्त्री शर्माले दिएका हुन् । 

उनले घाइते तथा अपांगता भएकाहरुको समस्या सम्बोधन हुने गरी नीतिगत समाधान निकाल्ने कोसिस भइरहेको जानकारी समेत दिए । 





  • प्रकाशित मिति : साउन २१, २०७८ बिहीबार १९:२९:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया