नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहको केन्द्रीय कमिटीको बैठक आज पनि बस्ने भएको छ।
हिजाे बुद्धनगरस्थित क्वालिटी ब्यांकेटमा बसेकाे बैठकमा सबै सदस्यहरूले आफ्ना धारणा राख्न नपाएकाले आज पनि बैठक बस्न लागेकाे एक नेताले बताए ।
हिजाेकाे बैठकमा पार्टी विभाजन गरेर अघि बढ्ने अथवा एमाले एकताको पक्षमा रहेर अध्यक्ष केपी शर्मा ओलीसँग सम्झौता गरेर अगाडि बढ्ने भन्ने विषयमा छलफल भएकाे थियाे ।
बैठकमा नेपाल पक्षका एमालेका ७० जना केन्द्रीय सदस्य उपस्थित रहेका थिए । तर, स्थायी समिति सदस्यहरू सुरेन्द्रप्रसाद पाण्डे र योगेश भट्टराई भने बैठकमा अनुपस्थित भएका थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।