आजदेखि देशैभर काेराेना भाइरस विरुद्धकाे भेराेसेल खाेपकाे दाेस्राे मात्रा लगाइने स्वास्थ्य मन्त्रालयले जनाएकाे छ ।
गत असार २९ देखि सञ्चालन भएकाे खाेप अभियानमा पहिलो मात्रा खोप लगाएका ५५ वर्षभन्दा माथिका उमेर समूहका मानिसलाई आजदेखि खाेपकाे दाेस्राे मात्रा लगाइनेछ ।
मन्त्रालयका अनुसार खाेप अभियान साउन २४ गतेसम्म सञ्चालन हुनेछ ।
पहिलाे मात्रा खाेप लगाएकाे २१ दिनपछि दाेस्राे मात्रा खाेप लगाउन पाइनेछ । खाेप लगाउन आउँदा अघिल्लाे पटक खाेप लगाएकाे प्रमाणपत्र अनिवार्य रूपमा बाेक्नुपर्नेछ ।
स्वास्थ्य सेवा विभागले सातवटै प्रदेश स्वास्थ्य निर्देशनालय र ७७ वटै जिल्ला स्वास्थ्य कार्यालयलाई खोप अभियान सञ्चालन गर्न निर्देशन दिइसकेकाे छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।