भारतमा पछिल्लो २४ घन्टामा थप ४४ हजार ६४६ जनामा संक्रमण पुष्टि भएको छ । यससँगै भारतमा कोरोना संक्रमित हुनेको संख्या ३ करोड १८ लाख ५६ हजार ७५७ पुगेको छ ।
यसै गरी पछिल्लो २४ घन्टामा थप ४६४ संक्रमितले ज्यान गुमाएका छन् । यससँगै भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४ लाख २६ हजार ७५४ पुगेको छ।
यही अवधिमा ४१ हजार ९६ जना संक्रमणमुक्त भएका छन् । भारतमा अहिले पनि ४ लाख १४ हजार १५९ सक्रिय संक्रमित रहेका छन् ।
भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म भारतमा ४७ कराेड ६५ लाख ३३ हजार ६५० नमुनाकाे परीक्षण भइसकेकाे छ ।
भारत संक्रमितका हिसाबले विश्वको दोस्रो र मृत्युका हिसाबले तेस्रो स्थानमा रहेकाे छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।