कोभिसिल्ड लगाएका साढे १३ लाख नागरिकले साउन २५ देखि दोस्रो डोज पाउने

सरकारले साउन २५ गतेदेखि कोभिसिल्ड खोपको दोस्रो डोज लगाउन थाल्ने भएको छ । यसअघि, पहिलो डोज लगाएर लामो समयसम्म दोस्रो डोज नपाएका व्यक्तिले कोभिसिल्डको दोस्रो डोज लगाउन पाउने भएका हुन् । 

उनीहरुले कोभिसिल्डको पहिलो डोज पाएको पाँच महिनापछि दोस्रो डोज पाउन लागेका हुन् । भुटान सरकारले एस्ट्राजेनेका कम्पनीको खोप सहयोग गरेपछि दोस्रो डोज लगाउन लागिएको हो । भुटानले दिएको तीन लाख डोज एस्ट्राजेनकाको खोप आज मात्र नेपाल आइपुगेको छ । 

त्यस्तै, जापान सरकारले पनि १६ लाख डोज एस्ट्राजेनेकाको खोप नेपाललाई उपलब्ध गराउँदैछ । जुन भोलि र पर्सि गरेर नेपाल आउँदैछ । खोपको सुनिश्चिता भएसँगै साउन २५ गतेदेखि कोभिसिल्डको पहिलो डोज लगाएका १३ लाख ४८ हजार नागरिकलाई दोस्रो डोज दिइने भएको हो । 

भारतले कोभिसिल्ड खोपको थप मात्रा नदिँदा पाँच महिनादेखि पहिलो डोज लगाएकाहरू दोस्रो डोजको प्रतिक्षामा छन् । भारतले तत्काल खोप उपलब्ध गराउन नसकिने जनाएसँगै नेपालले त्यसको विकल्पमा एस्ट्राजेनेकाको खोपको व्यवस्था गरेको हो ।





  • प्रकाशित मिति : साउन २२, २०७८ शुक्रबार १६:३१:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया