नेपाल पक्षीय स्थायी कमिटी बैठक सकियो, यी भए निर्णय

नेकपा एमालेमा वरिष्ठ नेता माधवकुमार नेपाल पक्षको स्थायी कमिटी बैठक सकिएको छ । 

आज केन्द्रीय कमिटी बैठकमा केन्द्रीय सदस्यहरुले बोलेर सकिएपछि सुरु भएको स्थायी कमिटी बैठक सकिएको हो । 

यो स्थायी कमिटी बैठकले यसअघि नेकपा एमालेले बनाएको कार्यदलका १० बुँदे प्रस्तावलाई अगाडि बढाउने बताइएको छ । 

‘१० बुँदे लगायतका सहमतिहरुलाई कार्यान्वयन गर्दै एकताको आधार थप बलियो बनाउने सहमति भएको छ,’ नेपाल पक्षका स्थायी कमिटी सदस्य रघुजी पन्तले भने, ‘पार्टी एकताका लागि प्रयास गर्नुपर्छ र पार्टी एकतामा हामीहरु तयार छौँ ।’

पन्तले जिल्ला तथा वडा तहका अधिवेशन रोक्न समेत माधव पक्षीय केन्द्रीय कमिटीले बताएको छ । यसअघि ओली पक्षधरले अधिवेशनका लागि जिल्ला र वडा तहका अधिवेशन गर्ने कार्यक्रम अगाडि बढाएको थियो ।

पार्टी एकताको विषयमा थप निर्णय गर्न नेकपा एमाले केन्द्रीय कमिटी बैठकले स्थायी कमिटीलाई जिम्मेवारी दिएको पनि पन्तले जानकारी दिएका छन् ।



उनले आफूहरु सरकारमा जाने कुनै सम्भावना नै नभएको र अहिले सरकार विस्तारमा ढिलाइ भएको कुरा आफूहरुका कारण नभएको पनि बताएका छन् ।

‘हामी सरकारमा जाने कुरा भन्ने नै आउँदैन,’ उनले भने, ‘हामी त एमालेमा सम्मानसहितको एकताको पक्षमा छौँ ।’ एकता भएमा दुवै पक्षको जित हुने र एकता नभएमा दुवै पक्षको सर्वनाश हुने पनि उनले बताएका छन् ।



  • प्रकाशित मिति : साउन २२, २०७८ शुक्रबार १६:४४:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया