बलात्कारको आरोपपछि रोनाल्डो पोर्चुगलको राष्ट्रिय टिममा परेनन्

एजेन्सी– युभेन्टसबाट सिरी–ए लिग खेलिरहेका पोर्चुगिज स्ट्राइकर क्रिस्टियानो रोनाल्डो यही महिना हुने पोर्चुगलका दुई अन्तर्राष्ट्रिय खेलको टोलीमा परेनन् । 

यसअघि रियल म्याड्रिड र म्यानचेस्टर युनाइटेडबाट खेलिसकेका रोनाल्डोले बुधबार आफूमाथि लागेको बलात्कारको आरोप अस्वीकार गरेका थिए । उनीमाथि सन् २००९ मा लस भेगासमा ३३ वर्षीया काथरिन मायोर्गालाई बलात्कार गरेको आरोप लागेको थियो ।

यही आरोप लागेपछि रोनाल्डोले मंगलबार भएको युभेन्टसको खेल पनि गुमाएका थिए । तर, बुधबार उनले भने, ‘म सबै अनुसन्धानहरुप्रति सकारात्मक छु र ममाथि लागेको आरोपको खण्डन गर्छु ।’

पाँच पटक बालोन डिओर जितेका रोनाल्डो जुलाईमा मात्र म्याड्रिड छाडेर युभेन्टस गएका थिए । पोर्चुगलका लागि १५४ खेल खेलेर ८५ गोल स्कोर गरेका रोनाल्डो टिममा समावेश नभएपछि पोर्चुगिज कोच फर्नान्डो सान्तोसले भविष्यमा रोनाल्डोलाई टिमबाट खेल्न केही नरोक्ने विश्वास लिएको बताएका छन् ।





  • प्रकाशित मिति : असोज १८, २०७५ बिहीबार २१:५३:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया