काेराेना भाइरसबाट विश्वरभर ४२ लाख ७६ हजारकाे मृत्यु

कोरोना भाइरसको सन्त्रास सारा संसारभर व्याप्त छ । सन् २०१९ को डिसेम्बरमा चीनको वुहानबाट फैलिएको भाइरसका अनेकन भेरियन्ट देखा परेका छन् । भाइरसले रोकिने नाम लिएको छैन । 

जोन्स होप्किन्स युनिभर्सिटीका अनुसार हालसम्म विश्वभर ४२ लाख ७६ हजार ९४० जना संक्रमितले ज्यान गुमाइसकेका छन् भने २० करोड १६ लाख ६२ हजार ६८४ जनामा संक्रमण पुष्टि भइसकेको छ । 

भाइरसबाट सबैभन्दा धेरै प्रभावित मुलुक हो-अमेरिका । अमेरिकामा हालसम्म ६ लाख १६ हजार ४७८ जना संक्रमितले ज्यान गुमाइसकेका छन् । 

अमेरिकापछि ब्राजिलमा ज्यान गुमाउनेको संख्या धेरै छ । ब्राजिलमा हालसम्म ५ लाख ६१ हजार ७६२ जनाले ज्यान गुमाइसकेका छन् । 

छिमेकी मुलुक भारत संक्रमितका हिसाबले विश्वको दोस्रो र मृत्युका हिसाबले तेस्रो स्थानमा छ । भारतमा हालसम्म ४ लाख २६ हजार ७५४ जना संक्रमितले ज्यान गुमाइसकेका छन् । 

यसैगरी मेक्सिकोमा २ लाख ४३ हजार १६५, पेरुमा १ लाख ९६ हजार ७६०, रुसमा १ लाख ६० हजार ५७४, बेलायतमा १ लाख ३० हजार ४८२, इटालीमा १ लाख २८ हजार १८७ र कोलम्बियामा १ लाख २२ हजार ८७ जना संक्रमितले ज्यान गुमाइसकेका छन् ।



 



  • प्रकाशित मिति : साउन २३, २०७८ शनिबार ८:१९:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया