पिपुल्स भोलेन्टियर्सद्धारा त्रिवि शिक्षण अस्पताल परिसरमा सफाइ

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षमा आवद्ध युवा संगठन नेपाल अन्तरगतको पिपुल्स भोलेन्टियर्स (पिभी)ले काठमाडौंको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल परिसरमा सफाइ गरेको छ । 

‘महिनामा २ दिन २ घण्टा मेरो राष्ट्रका लागि’ भन्ने अभियान अन्तरगत पिभीले शनिबार बिहान अस्पताल परिसरमा सफाइ अभियान संचालन गरेको हो । शिक्षा र स्वास्थ्य क्षेत्रमा देखिएका फोहोरमैला सफाइ गर्ने अभियान अन्तरगत आफूहरुले त्रिवि शिक्षण अस्पताल महाराजगन्जबाट सफाइ अभियान सुरु गरेको पिभीका संयोजक सञ्जीव राईले बताए । 

राईले भने, ‘शिक्षा र स्वास्थ्य क्षेत्रमा देखिएको फोहोरमैला हटाउन यस अभियान सुरु गरिएको हो । यसले राजनीतिक क्षेत्रमा वितृष्णा राख्ने, बार्दलीमा बसेर फोहोर गर्ने अनि अरुलाई गाली गर्ने युवाहरुको मनोरोग र गलत प्रवृत्तिलाई अन्त्य गर्न पनि ठूलो सघाउ पु¥याउने विश्वास लिइएको छ ।’

महिनामा २ दिन २ घण्टा शिक्षा र स्वास्थ्य क्षेत्रमा सफाइ गर्ने यो अभियानले विकृत अवस्थामा रहेको राजनीतिलाई पनि सफाइ गर्न व्यङ्ग्यात्मक ढंगले सघाउ पु¥याउने अपेक्षा गरिएको पनि इन्चार्ज राईले बताए । 

पिभीले यो अभियान सबै स्थानीय तह र सबै प्रदेशमा संचालन गर्ने योजना समेत तय गरेको छ । अभियानमा असंगठित अवस्थामा रहेका युवाहरुलाई पनि स्वयंसेवी रुपमा परिचालन गरिनेछ ।





  • प्रकाशित मिति : साउन २३, २०७८ शनिबार १२:९:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया