मेस्सी र पिएसजीबीच सम्झौता तयार भइसकेको दाबी

अहिले विश्व फुटबलमा लियोनल मेस्सीको स्थान्तान्तरणलाई लिएर निकै चर्चा भइरहेको छ । स्पेनिस क्लब बार्सिलोनाले आफ्ना स्टार खेलाडीसँगको सम्झौता नवीकरण गर्न नसकेपछि यसको चर्चा हुनु स्वभाविक नै हो ।

यी अर्जेन्टिनी फरवार्डको भविष्यका विषयमा चर्चा चलिरहेको समयमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मनका मालिक तथा कतारी राजकुमारका भाइ खालिद बिन हमाद बिन खलिफा अल थानीले मेस्सी पेरिस आउने पक्का भइसकेको दाबी गरेका छन् । 

अल थानीले ट्विटरमा लेखेका छन्, ‘मेस्सी र पिएसजीबीच सहमति औपचारिक रुपमा निष्कर्षमा पुगिसकेको छ । केही समयपछि घोषणा हुनेछ ।’

यो कुनै अस्वभाविक समाचार भने होइन किनकि वर्तमान समयमा मेस्सीलाई क्लबमा भित्र्याउन आर्थिक रुपमा सक्षम रहेका क्लब पिएसजी र म्यानचेस्टर सिटी मात्रै हुन् ।

इङ्ग्लिस क्लब म्यानचेस्टर सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले मेस्सी क्लबको योजनामा नरहेको बताइसकेका छन् त्यसैले पनि उनी पिएसजी जाने सम्भावना बढेको छ । 

च्याम्पियन्स लिग जित्ने सोचमा रहेको पिएसजीले यो सिजन जियानलुइजी डोनारुम्मा, जर्जिनो विज्नाल्डम, सर्जियो रामोस र अचरफ हाकिमीलाई अनुबन्ध गरेको थियो । 





  • प्रकाशित मिति : साउन २३, २०७८ शनिबार १२:४०:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया